HomeFeatureबैतडीमा जिप दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि नेपालगञ्ज रेफर

बैतडीमा जिप दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि नेपालगञ्ज रेफर

बैतडी, 8 मार्च 2020/ हिम शाह

बैतडीमा आईतबार बिहान भएको जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दार्चुला दुहु गाउँपालिकाका ३८ बर्षीय हरक सिंह बडाल र ४१ बर्षीय प्रेम बल्लब जोशीलाई आइतवार दिउँसो नेपालगञ्ज लगिएको हो।
बडाल र जोशीको बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा लगिएकोमा त्यहा पनि उपचार हुन नसक्दा सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साँउदले बताउनुभयो। उनीहरु दुबै जनाको टाउको चोट रहेको बताईएको छ।
धनगढीवाट दार्चुला जादैं गरेको सुप ००१ ज १२५७ नम्बरको जिप आइतवार बिहान २ बजे दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ६ पनतोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा जिप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ बर्षीय धनसिंह बडालको घटनास्थलमै मृत्यु भएको थियो मृतक चालकको शव परिक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
यसैबिच दुर्घटनामा परि घाइते भएका दार्चुला दुहु कै २३ बर्षीय सुरेन्द्र बम, २० बर्षीया हेमन्ती बम र ४१ बर्षीय धन राज जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुहुकै २२ बर्षीय द्रोपती जोशी पाटनमा उपचार भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त जिप सडकबाट २५० मिटर तल खसेको छ। जिपमा सवार ७ जनामध्ये चालकको मृत्यु भएको हो भने अन्य ६ जना घाइते भएका हुन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...