आसाम, 7 फरवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले बोडो सम्झौताले पूर्वोत्तरमा स्थायी शान्तिको बाटो खुल्ला गरेको बताउनुभएको छ। आज आसाम राज्यको कोक्राझारमा बोडो सम्झौता सम्बन्धी आयोजित एक समारोहलाई सम्बोधन गर्दै उहाँले यो सम्झौता समग्र पूर्वोत्तर राज्यको लागि नयाँ सुरूआत भएको बताउनुभयो।
कार्यक्रममा आसामका मुख्ययमन्त्री सर्बानन्द सोनोवाल र उहाँका मन्त्रीमण्डलका सहयोगीहरूको पनि उपस्थिती रहेको थियो।
त्रिपक्षीय बोडो सम्झौतामा गत महिनाको 27 तारीखमा केन्द्र, आसाम सरकार र प्रतिबन्धित उग्रवादी गुट नेशनल डेमोक्रेटिक फ्रण्ट अफ बोडोल्याण्डको तर्फबाट हस्ताक्षर भएको थियो।
यस सम्झौताको उद्देश्य आसामको सबैभन्दा ठूलो जनजाति समूहहरूमध्ये एक बोडो समुदायलाई राजनीतिक तथा आर्थिक लाभ प्रदान गर्नु हो।









































