HomeFeatureब्युँतिए एमाले र माओवादी केन्द्र, प्रचण्ड र माधवको यस्तो आयो निर्णय, सर्वोच्चमाथि...

ब्युँतिए एमाले र माओवादी केन्द्र, प्रचण्ड र माधवको यस्तो आयो निर्णय, सर्वोच्चमाथि प्रश्न तर आदेश मान्ने

काठमाण्डौ, 8 मार्च 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनैतिक आग्रहले प्ररित भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्च अदालतले नेकपा आधिकारीकताको सन्दर्भमा गरेको फैसलामा असहमती राखेको हो । पार्टीले फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रियामा जाने पनि निर्णय गरेको छ । बैठक पछि निर्णय सुनाउदै प्रवक्ता नारायण काजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘फैसला कार्यान्वयनको प्रक्रियामा जाने क्रममा अदालतले भने अनुसार तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले बन्ने नै भयो । यद्यपी हामी न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि जादैँछौ । राजनीति ढंगले त हामिले यसको असहमती र प्रतिवाद गरेकै छौँ । त्यस क्रममा हामिले पार्टी एकताको उदेश्य सही भएको र पार्टी एकताको कार्यपनि सहि भएको कारणले यस प्रक्रियामा अगाडी बढ्न जे सम्भव छ त्यो पहलकदमीलाई जारी राख्छौँ ।’

प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतले रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर राजनीतिक फैसलाको रुपमा फैसला गर्ने निष्कर्ष निकालेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘बैठकले सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदकको माग, दाबी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाको रुपमा लिइएको छ । पार्टीको नाम सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामको बारेमा निष्कर्ष निकाल्नुपर्ने आदेश गर्नुपर्ने यसको उत्तरदायित्व, जिम्मेवारी हुँदाहुँदै त्यो भन्दा बाहिर गएर फैसला गरिएको छ । पार्टीको नामको बारेमा रिट निवेदकको दाबी अनुसार फैसला हुँदा हामिले त्यसलाई स्वागत नै गर्ने थियौँ तर रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर कुनै राजनीतिक पार्टीको एकता गर्ने नगर्ने र कुनै एकिकृत पार्टीलाई विभाजन गर्ने जुन फैसला सर्वोच्च अदालतले सुनाएको छ त्यसप्रति हाम्रो गम्भिर असहमती छ । यो अस्वभाविक छ । अनुपयुक्त छ । गलत छ र त्यसैले यो फैसलाप्रति हाम्रो गम्भिर असहमती हामिले राखेका छौँ । सर्वोच्च अदालतको फैसला प्रति हाम्रो गम्भिर असहमती हुदाहुँदै पनि अदालतको फैसला आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने कुरा स्पष्ट नै छ । यस सन्दर्भमा हामीले राजनीतिक रुपमा आफ्नो दृष्टिकोण र विचार राख्ने र त्यसलाई अगाडी बढाउने, कानुनी ढंगले पनि उपयुक्त उपचार खोज्ने, संघर्ष गर्ने प्रक्रिया पनि अगाडी बढाउने छौँ ।’

प्रचण्ड–माधव समुहको रुपमा यो अन्तिम बैठक रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । अब सर्वोच्च अदालतको फैसला अनुसार तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ब्युतिने भएको छ । नेकपा केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने यस अघि नै प्रतिक्रिया दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...