भक्तपुर, 16 मई 2022
भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित हुनुभयो । उहाले २९ हजार २०० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाउनुभयो । बिजयी पछि प्रजापतिले जनताको समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै युवाहरुलाई रोजगार सिर्जना गर्ने लगाएतका कामहरु आफुले गर्ने बताउनुभयो । उहाले आफुलाई बिजयी गराउने सवै मतदातालाई धन्यवाद दिनुभयो । त्यस्तै उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत ल्याउनुभयो ।









































