HomeFeatureभन्सार छलि समान भित्र्याउँनेको मात्रा बढ्दो क्रममा

भन्सार छलि समान भित्र्याउँनेको मात्रा बढ्दो क्रममा

कैलाली , १७ जनवरी २०२०
भन्सार नतिरी सामाग्रीहरु ल्याउनेको मात्रा बढ्दै गरेको भन्दै व्यापारीहरुको गुनासो रहेको छ । त्यसलाई रोक्न भन्सार कार्यालयले विशेष चासो नदिएको व्यापारीहरुले बताएका छन् । भारतीय नाकाबाट मोटरसाइकल, रिक्सा तथा साइकलमा भन्सार छलेर सामाग्रीहरु ल्याउने क्रम बढीरहेको छ ।
व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले घरायसी प्रयोजनका लागि भन्दै भारतबाट ल्याएर तराई क्षेत्रमा व्यापार भइरहेको बताए । भारतीय नाकाहरुको अवस्थाबारे बुझ्न विभिन्न नाकाहरु पुगेर फर्किएका अध्यक्ष कटुवालले भन्सार छल्नेको संख्या ठूलो रहेको बताए ।
भन्सार नतिरी सामाग्री ल्याउनेहरुका कारण कर तिरेर वैधानिक तरिकाले व्यवसाय गर्नेहरुलाईमात्रै नभएर राज्यलाई समेत समस्या परेको छ । चेक पोष्टमा कार्यरत सशस्त्र प्रहरीले रिक्सा, मोटरसाइकल, साइकल लगायतमा सामान ल्याउदा धेरै ध्यान नदिएको गुनासो गरे ।

सरकारले भारतीय बजारबाट सानो परिमाणमा घरायसी सामान ल्याउन छुट दिएको छ । त्यसैलाई टेक्दै स्थानीय व्यापारीहरुले घरायसी सामान भन्दै व्यापारिक सामाग्रीहरु भन्सार नतिरी नेपाल भित्र्याउने गरेको पाइएको छ ।

भन्सार विभागले भने भन्सार नतिरी ल्याएको भेटाएमा कारबाही हुने बताएका छन् । थोरै परिमाणमा भए बिगो जफत र सोहि बराबरको जरिवानासम्मको कारबाही हुने विभागका निर्देशकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...