HomeFeatureभलिबल लिग प्रतियोगितामा पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लब

भलिबल लिग प्रतियोगितामा पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लब

काठमाडौं, 7 मई 2022

छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।   रोमान्चक खेलमा आर्मीले हेल्प नेपालमाथि २५–१५, २५–१८, २६–२८ र २८–२६ को सेटमा जित निकाल्यो । यस जितसँगै आर्मी लिगको शीर्ष स्थानमा रहदै च्याम्पियन बनेको हो । आर्मीले ६ खेलमा १८ अंक जोड्यो । हेल्प नेपालले ६ खेलमा १४ अंक जोड्यो । हेल्प नेपाल दोस्रो स्थानमा रह्यो । उपाधिसँगै आर्मीले ६ लाख नगद प्राप्त गरेको छ । हेल्प नेपालले ३ लाख प्राप्त गर्यो । तेस्रो भएको नेपाल पुलिसले १ लाख ५० हजार र चौंथो एपीएफले ७५ हजार प्राप्त गर्यो । त्यस्तै महिलातर्फको उपाधि पनि आर्मीले जित्यो । अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५–१८, २५–२३ र २५–२० को सेटमा जित निकाल्यो । आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । महिलातर्फ उपाधि विजेता आर्मीले पनि नगद ६ लाख प्राप्त गरेको छ ।   उपविजेता पुलिसले ३ लाख प्राप्त गर्दा तेस्रो बनेको एपीएफले १ लाख ५० हजार र चौंथो एभरेस्टले ७५ हजार प्राप्त गरेको छ ।नेपाल भलिबल संघले आयोजना गरेको लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको थियो । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लबले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...