नयाँ दिल्ली, 9 मई 2020
अखिल भारत नेपाली एकता मञ्चको संयुक्त राज्य समिति चण्डीगढले भारतका विभिन्न शहरमा फसेका नेपालीहरुको तत्काल उद्धार गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन-पत्र दिएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य मार्फत पठाइएको पत्रमा कोरोना भाईरसको रोकथामका लागि गरिएको लकडाउनले भारतमा ठूलो संख्यामा नेपालीहरु रोजगारविहीन भएर भोकै मर्ने अवस्था आउनुका साथै एकान्तवासले मानसिक रोगी बन्ने खतरा पनि आएकाले प्रवासी श्रमजिवी नेपाली जनताको आवाज, अनुरोध र समस्याको समाधानका लागि तत्काल ठोस चाल्न अपील गरिएको छ ।
एकता मञ्चले यतिबेला जो जहाँ छ, त्यहीको सरकारले खाना, बस्ने र उपचारको व्यवस्था गर्ने सहमति भएपनि त्यो कार्यान्वयन नभएको भनेको छ ।

ज्ञापन पत्रमा राजदूतको भूमिका पनि सन्तोषजनक नरहेको भन्दै एकता मञ्चले भारतमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल सरकारले प्रदेश सरकारसँग समन्वय गरि भारत सरकार र दूतावासको पहलमा चेकजाँच गरि क्वारेन्टाईनको व्यवस्थासहित नेपाल फर्काउन आग्रह गरेको छ ।









































