HomeFeatureभारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीद्वारा संयुक्त रुपमा विराटनगर एकीकृत जाँच...

भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीद्वारा संयुक्त रुपमा विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन

नयाँ दिल्ली, 21 जनवरी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले  संयुक्त रुपमा भिडियो कन्फ्रेसमार्फत् विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गर्नु भएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली र नेपालका समकक्षी केपी ओलीले काठमाण्डौबाट संयुक्त रूपमा भिडिओ कन्फरेन्स मार्फत बिहान ११ बजे यसको उद्घाटन गर्नु भएको हो । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेकाे छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ‌ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई नेपाल भ्रमणकाे निमन्त्रणा गर्नुभएको छ भने माेदीले दुई देशबीचकाे सम्बन्धकाे आयामलाई कायम राख्नु पर्ने बताउनुभएको छ ।  उद्घाटनसँगै नेपाल र भारत सरकारको संयुक्त लगानीमा विराटनगरमा निर्मित एकीकृत जाँच केन्द्र (आईसीपी) आजबाट सञ्चालनमा आएको छ । डिजिटल भिडियो कन्फ्रेन्स मार्फत दुई प्रधानमन्त्रीले स्वीच अन गरेर यसको उद्घाटन गर्नुभएको हो ।

प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा एकीकृत चेक पाेस्ट (आईसीपी) निर्माण भएको  छ । सन् २०१७ मा भारतको गुजरात राज्यकाे दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएकाे थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ ।  सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...