Homeसमाचारराजनीतिभारतका लागि नेपाली राजदूत शर्मालाई तत्काल नेपाल ल्याएर स्पष्टीकरण सोध्नुपर्छ: सुवाल

भारतका लागि नेपाली राजदूत शर्मालाई तत्काल नेपाल ल्याएर स्पष्टीकरण सोध्नुपर्छ: सुवाल

भारतका लागि नेपाली राजदूत शर्मालाई तत्काल नेपाल ल्याएर स्पष्टीकरण सोध्नुपर्छ: सुवाल

काठमाडौं, 19 जुन 2023

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई तत्काल नेपाल ल्याएर स्पष्टीकरण सोध्नुपर्ने बताएका छन्।सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद सुवालले राजदूत शर्माले देशको बारेमा विभिन्न टिकटिप्पणी गरेको भन्दै उनलाई नेपाल बोलाएर तत्काल स्पष्टीकरण सोध्नपर्ने बताए।

भारतीय राजदूतले नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति सांसद प्रेम सुवालले आपत्ति जनाएका हुन् ।

बैठकमा सांसद सुवालले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीभन्दा पनि अगाडि बढेर भारतका लागि नेपाली राजदूतले अभिव्यक्ति दिएको बताए । कूटनीतिक मर्यादाबाहिर गएर राजदूत शर्माले अभिव्यक्ति दिएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले फिर्ता बोलाउन माग गरेका हुन् ।

भारतका लागि

‘भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालमा चीन कता छ र ? जताततै भारत नै देख्छु, चीनको बीआरआईले लोन (ऋण) दिन्छ, सर्त पनि राम्रो छैन, ‘डेब्ट ट्र्याप’ मा पार्छन् भनेको र अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर बताएको भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो,’ उनले भने, ‘तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्‍यो र स्पष्टीकरण सोध्नुपर्छ । राजदूतले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले भन्दा अघि असंलग्नताभन्दा अगाडि बढेर बोलिरहेको छ ।’

भारतका लागि

प्रतिनिधिसभाको बैठकमा का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नाको कारण भारतलाई खुसी पार्नु रहेको आरोप लगाएका छन् । बैठकमा अध्यक्ष लिङ्देनले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपाका कारण नागरिकता विधेयक नरोकिएको बताए । प्रतिपक्षी दलहरूले विधेयकविरुद्ध सर्वोच्च अदालतमा मुद्दा नहालेको उनको भनाइ थियो ।

‘सत्तापक्ष यदि नागरिकता विधेयकप्रति इमानदार छ र थियो भने त्यो जे प्रक्रिया चलिराखेको थियो र जहाँ गएर अड्किएको थियो, त्यसमा विवाद छ, विवाद हुन्छ भन्ने कुरा सत्तापक्षलाई थाहा थियो । इमानदार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैनथ्यो ? यसको बारेमा के गर्ने, यसलाई कसरी अगाडि बढाउने ? चाँडै टुंगो लगाउनुपर्छ भन्ने ढंगले यसमा निकास निकाल्नुपर्थ्यो कि पर्दैनथ्यो ?’ उनले भने, ‘सुटुक्क, त्यो पनि भारत भ्रमणमा निस्कनुभन्दा १-२ घण्टा अगाडि गर्नुपर्ने के कारण थियो ? अहिले रोकिएको एमाले, रास्वपा, राप्रपाको कारण रोकिएको हो ? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो ?’

यो समाचार पनि पढनुहोस्…

  1. स्पेनले जित्यो नेसन्स लिगको उपाधि
  2. सरकारसँग पब्जी गेम बन्द गर्न सांसदको माग
  3. मेस्सीले २०२६ को विश्वकप नखेल्ने

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...