HomeFeatureभारतका विभिन्न शहरबाट दसैँ मनाउन नेपाल फर्किनेको भीड

भारतका विभिन्न शहरबाट दसैँ मनाउन नेपाल फर्किनेको भीड

दिल्ली, 24 सितंबर 2022

दशैं मनाउनका लागि भारतका विभिन्न शहरमा काम गर्न गएका नेपाली घर फर्किन थालेका छन् । नेपालगञ्जको जमुनाहा नाकामा यतिबेला घर फर्किएका नेपालीको भीड लाग्न थालेको छ । शनिबार बिहान जमुनाहा नाकामा घर फर्किएका नेपालीको लर्को नै थियो । रोजगारिको लागि भारतको विभिन्न ठाउँमा पुगेका नेपाली दशैं मनाउन घर फर्किएका हुन् । नेपालगञ्ज नाकामा यतिबेला दैनिक पाँच हजारभन्दा बढी नेपाली घर फर्किरहेका छन् । विशेष गरेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस मौसमी कामका लागि भारतमा जाने गर्दछन् । घरपरिवारसँग बसेर दसैँ मनाउन उनीहरू घर फर्किरहेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज वरिष्ठ सई माधव रिजालले दैनिक पाँच हजार बढी मानिस दसैँ मनाउन घर फर्किरहेको जानकारी दिए । नाकामा आइपुगेपछि वा यात्राका क्रममा नेपाली लुटिने घटना यसपाली सुनिएको छैन । नाकामा पुगेर आफ्ना होटलमा लैजान तानातान गर्ने होटल सञ्चालक वा प्रतिनिधिलाई प्रहरीले कडाइ गरेको छ । भारतीय प्रहरीले शनिबार मात्रै दश जना होटल सञ्चालकलाई समातेर कारबाही अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...