हरियाणा, 11 जनवरी 2020 (राम जोशी)
विवाह भएको मात्र 6 महिनामै लोग्ने स्वास्नीबिचको आन्तरिक कलहले सीमा नाघ्दा भारतको हरियाणा राज्यको अम्बाला शहरमा रोजगारी गरिरहेका एक नेपालीले आत्महत्या गरेका छन । कैलाली जिल्लाको गोदावरी नगरपालिका-3 का स्थायी बासिन्दा 22 वर्षीय सागर ताम्रकारले हिजो बिहान आत्महत्या गरेका हुन । सागर र उनकी पत्नीबिच प्राय झगडा भइरहन्थ्यो । त्यसै कारणले उनले आज विहान पासो लगाएर आत्महत्या गरेका हुन । पारिवारिक स्रोतका अनुसार आत्महत्या गरेको अघिको रातमा पनि पति-पत्निविच झगडा भएको थियो । घटना लगत्तै पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ ।


घटनापछि घटनास्थलमा पुगेका मृतक सागरका साढु-भाई भरत कुमारले दिएको जानकारीका अनुसार सागरले पत्नीमाथि कुटपिट गर्ने गर्थ्यो । उसले पत्नीमाथि शंका पनि गर्थ्यो । त्यही कारणले प्राय पति-पत्नीबिच झगडा हुने गरेको गरेको थियो ।

घटनाको सूचना पाउने बितिक्कै घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमार्टमका लागि सिभिल अस्पतालमा पठाएको छ । पुलिसले मृतकको शवलाई सबैभन्दा पहिले उसकै पत्नीले देखेको बताएको छ । पुलिसले घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको पनि बताएको छ ।









































