गोवा, 18 सेप्टेम्बर, लोकेन्द्र सेर्पाली
रोजगारीको सिलसिलामा भारतको गोवामा रहेका एक नेपालीला आत्महत्या गरेका छन । दाङ बबई गाँउपालिका वडा नं ६ पंचकुले कट्कुयाका स्थायी वासिन्दा नारायण देवकोटाले बिहीवार आत्महत्या गरेका हुन । उनको हिजो त्यहा रहेका प्रवासी नेपालीहरुको उपस्थितिमा दाह संस्कार गरिएको छ । गोवामा उनका छिमेकी रहेका पुरन केसीका अनुसार नारायण देवकोटा विगत केहि वर्षदेखि श्रीमती बाटुली देवकोटाको साथमा गोवामा बस्दै आएका थिए । उनले बिहीवार आत्महत्या गरेका हुन । देवकोटाका एक छोरा र एक छोरी छन । छोरा टोपजन देवकोटा नेपालमै छन भने छोरी बिमला देवकोटा गोवामा उनिहरुकै साथमा थिइन् । आत्महत्याको कारण खुल्न सकेको छैन । भने गोवा पुलिसले घटनाको अनुसन्धान जारी राखेको छ ।









































