नयाँ दिल्ली, 25 जनवरी 2020
राष्ट्रपति रामनाथ कोविन्दले भारतको चुनाव प्रक्रियाले वैश्विक समुदायमा यसको गौरव बढेको बताउनुभएको छ। आज नयाँ दिल्लीमा 10-औ राष्ट्रिय मतदाता दिवसका अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउने दिशामा निर्वाचन आयोगद्वारा गरिएका जनतामा चुनाव सम्बन्धी जानकारी बढाउने प्रयासहरूको सराहना गर्नुभयो।
यस अवसरमा राष्ट्रपति कोविन्दले जिल्ला तथा राज्य स्तरका अधिकारीहरूलाई श्रेष्ठ चुनाव व्यवस्थाको लागि 20 राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। यो पुरस्कार विभिन्न क्षेत्रहरू जस्तै सूचना प्रविधि, सुरक्षा प्रबन्धन, चुनाव प्रबन्धन तथा मतदाता जागरूकतालगायतका क्षेत्रहरूमा योगदान गरेर चुनाव प्रक्रियामा उल्लेखनीय प्रदर्शन गर्ने अधिकारीहरूलाई प्रदान गरिन्छ।
केन्द्रीय मन्त्री रवि शंकर प्रसाद र मुख्य चुनाव आयुक्त सुनील अरोडा पनि यस समारोहमा उपस्थित हुनुहुन्थ्यो।









































