नयाँ दिल्ली, २७ फरवरी, २०२०
भारतको दिल्लीमा भड्किएको हिंसामा परी मर्नेको संख्या ३२ पुगेको छ । नागरिकता संशोधन कानुन (सीएए) को समर्थन गर्ने र विरोध गर्ने समूह बीच दिल्लीमा भड्किएको हिंसाका कारण अहिलेसम्म मर्नेको कुल संख्या ३२ पुगेको पीटीआईले स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीको उद्धृत गर्दै जनाएको छ ।
दिल्लीको गुरु तेग बहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जनाको र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विगत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् ।
नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए ।
सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो ।









































