फरिदावाद, 13 अक्टोबर
प्युठानको भिरंगरी स्थायी घर भएकी एक नेपाली वृद्धा दिल्लीनजिक हरियाणाको फरीदावादबाट सम्पर्कविहीन हुनु भएको छ। उपचारका लागि छोरी हेमा खनालसँग फरीदावादमा विगत 3 वर्ष देखी बस्दै आउनु भएको 70 वर्षीया रुपमणिदेवी रेग्मी हिजोबाट सम्पर्कविहीन हुनुभएको हो । हराउनु भएकी रुपमणिदेवी सामान्य मानसिक समस्याले ग्रस्त रहेको जनाइएको छ । अखिल भारत नेपाली एकता मञ्च फरीदाबाद हरियाणाले जानकारी दिँदै फरीदाबादको घर नम्बर 626/16A मा विगत 3 वर्षदेखि छोरी हेमा खनालसँग रहँदै आउनुभएकी वृद्धा हिजोदेखि हराएपछि पुरै परिवार तनावमा रहेको बताएको छ । वरपरका सबै क्षेत्रमा खोज्ने प्रयास गरिएपनि अहिलेसम्म उनको बारे केही थाहा नभएकाले तस्वीरमा देखिनुभएकी रुपमणिदेवी रेग्मीलाई कतै देखेमा मोबाईल नम्बरहरु +918448332397, 8826339023, +918130427102 वा परिवारका सदस्यहरुलाई 9773619117, 9039752898 मा सम्पर्क गर्न मञ्चले आग्रह गरेको छ ।









































