भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को विवादित नक्साप्रति ओलीको आपत्ति
काठमाडौं, 30 मई 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को विवादित नक्साप्रति आपत्ति जनाएका छन् । अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताए । नयाँ संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएकोप्रति ओलीले ध्यानाकर्षण गराए।
उनले भने, ‘भोलि प्रधानमन्त्रीजी भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’