HomeFeatureभारतको 75औं स्वतन्त्रता दिवस, सीमानाकामा सुरक्षा व्यवस्था कडा

भारतको 75औं स्वतन्त्रता दिवस, सीमानाकामा सुरक्षा व्यवस्था कडा

दिल्ली, 12 अगस्त 2022

भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ। सुरक्षाको कारण देखाउँदै नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा गौरीफन्टामा राति अबेरसम्म आवतजावतमा रोक लगाइएको छ । बेलुका 8 बजेपछि सीमा नाका प्रवेश गर्न पाइँदैन । नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार भारतको 75औं स्वतन्त्रता दिवसको अवसरमा सीमानाकामा विशेष सतर्कता अपनाइएको छ । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय सीमामा विशेष सुरक्षाका लागि निर्देशन समेत दिइएको छ । क्षेत्रीय मुख्यालयका डीआईजी जेडी वशिष्ठका तर्फबाट स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ । चेकजाँच नगरी कुनै पनि सवारी साधनलाई सीमा पार गर्न दिनु हुँदैन । नेपालबाट भारततर्फ आएकालाई पनि एसएसबीले सोधपुछ गरिरहेको छ । स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै सोनौली नाकामा अलर्टको निर्देशन जारी गरेको छ । सोनौली सीमा नाका बिहान 6 बजेदेखि राति 10 बजेसम्म खुल्ने एसएसबीका कमाण्डेन्ट ललित उपाध्यायले जानकारी दिए । यससँगै बिहारको सीमामा पनि सतर्कता अपनाइएको छ । भारतमा आजादीको अमृत महोत्सव भव्य रूपले मनाइँदैछ,  यस्तो अवस्थामा एडीजीले सुरक्षाका लागि प्रहरी र सर्वसाधारणलाई धेरै निर्देशन दिएका छन् ।  उनले अनुमति-बिना जुलुस र र्‍याली निकाल्न नहुने र उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने निर्देशन दिएका छन् । सम्बन्धित प्रहरी चौकीका प्रहरीले स्वतन्त्रता दिवसको कार्यक्रम आयोजकसँग सम्पर्क गरी पूर्ण जानकारी लिइरहेका छन । स्वतन्त्रता दिवसको कार्यक्रम हुने स्थानको सूची पनि प्रहरीले तयार गरिएको छ । जहाँ कार्यक्रम हुने, सोही प्रहरी चौकीका इन्चार्जले आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाउन प्रहरी खटाउनेछन् । सहरका 75 स्थानमा सीसीटीभी क्यामरा पनि सुरक्षा व्यवस्था कायम गर्नका लागि जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...