HomeFeatureभारततर्फ आउँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

भारततर्फ आउँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

30 जुलाई 2022

पहाडी जिल्लाबाट  तरकारी बोकेर भारततर्फ आउँदै गरेको ट्रकबाट 6 बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति  संखुवासभाबाट बन्दागोभी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बि-ओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले 156 किलो(6 बोरा) गाँजा बरामद गरेको हो । बन्दागोभी बोकेर भारततिर आउन् लागेको प्रदेश 1-02- 001 ख 8677 नम्बरको ट्रक चेकजाँचको क्रममा शुक्रबार राति 6 बोरा गाँजा भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा 46 बोरा बन्दागोभी र 6 बोरा गाँजा थियो । गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका 3 का 29 वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ । प्रहरीका अनुसार सङ्खुवासभाबाट बन्दागोभी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो । धनकुटाको सहिदभूमी गाउँपालिकामा पर्ने छिन्ताङ र खोकु सुन्तला र गाँजा खेतीका लागि उर्वरा क्षेत्र मानिन्छ । यहाँ उत्पादन हुने गाँजा कोसी नदीको किनार हुँदै तराई झारेर भारततर्फ तस्करी हुने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...