HomeFeatureभारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

दिल्ली, 28 अक्तूबर 2021

भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको छ। भारत सरकारले एक विज्ञप्ति जारी गर्दै ‘न्यूनतम रक्षा क्षमता हासिल गर्ने भारतीय नीति अनुसार’ र आणविक हतियार ‘आफूले पहिला प्रयोग नगर्ने प्रतिबद्धता’ अनुसार पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको प्रस्ट पारेको छ । परीक्षण गरिएको बुधबार अग्नि-५ क्षेप्यास्त्रले चीनको कुनै पनि भू-भागसम्म मार हान्न सक्छ । पछिल्ला केही वर्षदेखि चीनले आफ्नो आणविक हतियार भण्डारलाई विस्तार र थप परिस्कृत गर्दै आएको छ । बेइजिङको सो कदमपछि नयाँ दिल्लीले समेत आफ्नो आणविक क्षमता सुदृढ बनाउन बाध्य भएको हो । भारतले छिमेकी मुलुक पाकिस्तानभित्रको कुनै पनि भू-भागमा मार सक्ने क्षमताका क्षेप्यास्त्र यसअघि नै परीक्षण गरिसकेको छ । सन् १९९० देखि मध्यम तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गर्दै आएको भारतले चीनसँग बढ्दो रणनीतिक प्रतिस्पर्धाबीच पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...