नयाँ दिल्ली, 24 मे 2021
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश कदमको घोर विरोध गर्दै भर्तस्ना गरेको छ । समाजका महासचिव ठाकुर खनालले सोमवार संगठनको तर्फबाट प्रेस विज्ञप्ती जारि गरि वैश्विक महामारी कोरोनाका कारणले संक्रमित लाखौं जनता जीवन रक्षाका लागि संघर्षरत रहेका बेला विद्यमान संसदलाई भंग गरि ताजा जनादेशको नाममा देशलाई मध्यावधि निर्वाचनमा धकेल्नु नरसंहारलाई निम्त्याउनु सरह भएको भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ, देशको राजनीतिक, आर्थिक अवस्था कै कारण उत्पन्न बेरोजगारीले गर्दा विदेशीन बाध्य भएका हौं । तर हामी भारतस्थित नेपालीहरु देशको राजनीति घटनाहरुबाट अछुतो रहन नसक्ने बताउनु भएको । “त्यसैले नेपालको राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित आन्दोलनमा भारतस्थित नेपालीहरुले महत्वपूर्ण भूमिका रहँदै आएको छ ।”
विज्ञप्तिको पूर्णपाठ










































