सुनसरी, ५ मार्च, २०२०
भारतबाट ल्याइएका अबैध ब्रोईलर कुखुरा सुनसरीको इटहरीमा बुधबार पक्राउ गरी नष्ट गरिएको छ ।भन्सार छलि गरेर धरान ल्याउँदै गरेको ब्रोईलर कुखुरा इटहरी प्रहरीले बुधवार नष्ट गरेको हो ।
धरान उपमहानगरपालिका वडा न. १७ वस्ने सरल कुमार राईले को २ च ३४३१ नम्बरको वोलेरोमा भारतवाट चोरी पैठारी गरी ल्याएका ६ सय १० वटा जिउँदो ब्रोईलर कुखुरा इलाका प्रहरी कार्यालय इटहरीले नष्ट गरेको हो ।









































