HomeFeatureभारतबाट सस्तोमा कुखुरा आयात बढेपछि नेपाली कृषक मर्कामा

भारतबाट सस्तोमा कुखुरा आयात बढेपछि नेपाली कृषक मर्कामा

नवलपरासी, १७ मार्च, २०२०
भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् ।
महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण नेपालको तुलनामा भारतमा कुखुराको मूल्य सस्तिएपछि अवैधरूपमा कुखुराको आयात बढेको व्यवसायी र कृषकको गुनासो छ ।

क्वारेन्टाइन जाँचबिना र सस्तो मूल्यमा नेपाली बजारमा भारतबाट ल्याइएका कुखुराको बिक्री बढेपछि नेपाली कुखुरा व्यवसायी मारमा परेका कुखुरा व्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष सुवास चौधरीले बताए । उनले भने, “सरकारले कोरोना भाइरसबाट प्रभावित मुलुकबाट आयात हुने पशुपक्षीमा कडाइ गर्ने नीति लिए पनि भारतबाट नेपालतर्फ कुखुरा तस्करीमा कमी आएको छैन, खुला सीमाका कारण कुखुरा तस्करी रोकिएको छैन।”

सङ्घका जिल्ला अध्यक्ष चौधरीका अनुसार अहिले कोरोनाका कारण भारतमा कुखुरा प्रतिकिलो भारतीय ५० पर्छ। नेपालमा रु १५० देखि १८० सम्म पर्छ। झण्डै दोब्बर फाइदा हुने हुँदा भारतीय कुखुरा तस्करी बढेको उनको भनाइ छ। बर्डफ्लू र कोरोनाका कारण भारतमा कुखुरा सस्तो छ। भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीका अधिकांश नाकाबाट तस्करी बढेको व्यवसायीको दाबी छ । तस्करीका लागि धेरैजसोले साइकल प्रयोग गरेको पाइन्छ। अहिले जिल्लाका अधिकांश बजारमा व्यापारीले भारतीय कुखुरा बिक्री गर्दै आएका छन् ।

भारतीय कुखुरा भित्रिन थालेकाले व्यवसायी त्रसित भएको अध्यक्ष चौधरीले गुनासो गर्नुभयो । तस्करी रोक्न आफूहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, पशु कार्यालयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको उनले बताए। खुला सीमाको गलत फाइदा उठाउँदै हुने गरेको भारतीय पशु तथा पक्षीजन्य कुखुरा, अण्डा र मासुको तस्करी पूर्ण प्रतिबन्ध लगाउन नेपाली कुखुरापालक किसान र व्यवसायीले माग गरेका छन्। भारतीय कुखुराको अवैध आयातका कारण कुखुरापालन गरिरहेका किसानको व्यवसाय नै धरासयी भएको र ऋण काढेर गरेको लगानी डुब्ने अवस्था सिर्जना भइरहेको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...