HomeFeatureभारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिमा कोरोनाको थप जोखिम देखियो

भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिमा कोरोनाको थप जोखिम देखियो

7 अक्तूबर 2021

सुदूरपश्चिम प्रदेशमा भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशकले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको जनाए। “चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम थप बढेकाले थप सचेत हुनुपर्ने देखिएको छ।”

त्रिनगर सीमानाका (कैलाली)मा सञ्चालित हेल्थ डेस्कका अहेब गणेश साउदले पछिल्ला दिनमा भारतबाट घर फर्किने नेपालीको भीड ह्वात्तै बढ्दा भित्रिनेलाई लामबद्ध गराएर नमूना परीक्षण गराउन केही असहज पनि भइरहेको बताए। भारतका विभिन्न सहरमा काम गर्दै आएका नेपाली दसैँ तिहारजस्ता मुख्य चाड पर्व मनाउन केही समयको बिदामा घर फर्किन गर्दछन्। भारत  सुदूरपश्चिमका बासिन्दाको रोजगारीको मुख्य गन्तव्यस्थल रहेको छ। हाल दैनिक बढीमा ८०० को सङ्ख्याका नेपाली कैलालीको त्रिनगर सीमानाकाबाट भित्रिने गरेका छन्।

सीमानाकाबाट भित्रिनेको एन्टिजेन पद्धतिबाट नमूना परीक्षणको काम गरेर सकेसम्म आवागमन सहजीकरण गरिरहेका छौँ”,

साउदले भने, “लक्षणसहित पोजेटिभ नतिजा देखिनेलाई सेती प्रादेशिक अस्पतालमा र लक्षण नदेखिने तर नतिजा पोजेटिभ देखिनेलाई धनगढीको कनरीस्थित आइसोलेसनमा पठाउने गरेका छौँ।”

कुनै व्यक्तिमा कोरोनाको जस्तो लक्षण देखिने भए पनि नमूना परीक्षण गर्दा नतिजा नेगेटिभ आउने र लक्षण नदेखिए पनि कुनै व्यक्तिको नमूना परीक्षणमा नतिजा पोजेटिभ देखाउँदा अन्योल सिर्जना भइरहेको साउदले बताए। सबै व्यक्तिको नभई हेल्थ डेस्कमा कोरोनाका शङ्कास्पद समूहका व्यक्तिको मात्र नमूना परीक्षण गर्ने गरिएको छ। दसैँ तिहारजस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड बढेको भए पनि सङ्क्रमणबाट जोगिन मास्क र स्यानिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनमा बेवास्था भइरहँदा पनि जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ।

कतिपयले सहरी क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेको देखिए पनि ग्रामीण क्षेत्रमा अधिकांश व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको देखिँदैन। पछिल्लो २४ घन्टामा स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा एक हजार ६३२ को नमूना परीक्षण गर्दा २३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएका तीन लाख ५६ हजार ८६० व्यक्तिमध्ये ४७ हजार ३७९ मा कोरोनाको सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये ४६ हजार ७१० जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन्। पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिए पनि धेरै सर्वसाधारणले आफ्नो नमूना परीक्षण गराउन डराउन थालेका छन्।  यसैबीच सीमानाकाबाट भित्रिने दैनिक बढ्न थालेपछि बढेको कोरोना सङ्क्रमणको जोखिमका बीच नेपाल–भारत सीमानाकामा आवागमन गर्नेको लागि मापदण्ड तोकिएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीका सीमानाका हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको हो। नेपाल प्रवेशका लागि जिल्लाका त्रिनगर र खक्रौला नाका तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...