नयाँ दिल्ली, 25 मार्च 2020
भारतमा कोरोना संक्रमित हुनेहरूको संख्या लगातार बढिरहेको छ। अहिलेसम्म पूरै देशमा 582 जना कोरोनाबाट संक्रमित भएका छन्। भारतभरीमा अहिलेसम्म 11 जनाको मृत्यु भएको छ। 46 जना उपचारपछि निको हुँदा 535 जना अहिले पनि संक्रमित रहेका छन्। कोराना भाइरसका कारण सबैभन्दा धेरै महाराष्ट्र र केरलमा प्रभावित रहेका छन्। महाराष्ट्रमा 112 जना र केरलमा 105 जना यस भाइरसबाट संक्रमित रहेका छन्।
त्यसैगरी आन्द्र प्रदेशमा 7, बिहारमा 4, छत्तिसगढमा 1, चण्डिगढमा 6, दिल्लीमा 29, गुजरातमा 38, हरियाणामा 30, हिमाचल प्रदेशमा 2, जम्मू कश्मिरमा 7, कर्नाटकमा 41, लद्दाखमा 13, मध्य प्रदेशमा 14, मणिपुरमा 1, उडिसामा 2, पुडुचेरीमा 1, पञ्जाबमा 29, राजस्थानमा 32, तमिलनाडूमा 18, तेलंगानामा 39, उत्तर प्रदेशमा 36, उत्तराखण्डमा 5 र पश्चिम बङ्गालमा 9 मामिलाहरूको पुष्टि भएको छ।
देशमा कोरोना संक्रमण मामिलाहरू बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि 21 दिनको लकडाउनको घोषणा गर्नुभएको छ। 14 अप्रेलसम्म चल्ने यस लकडाउनका क्रममा आजदेखि कार्यालय, बजार र सार्वजनिक यातायातका साधनहरू पूर्ण रूपमा बन्द छन्। अत्यावश्यक सेवाहरू भने जारी रहने छ।









































