HomeFeatureभारतमा आजदेखि अनलक 5 लागु, सिनेमाघर देखि स्कूलसम्म खोल्ने छुट

भारतमा आजदेखि अनलक 5 लागु, सिनेमाघर देखि स्कूलसम्म खोल्ने छुट

नयाँ दिल्ली, 1 अक्टूबर 2020

भारतमा अर्थव्यवस्थालाई थप सहज बनाउन आजदेखि अनलक 5 लागु भएको छ । केन्द्रीय गृह मन्त्रालयले कन्टेनमेन्ट जोन बाहेकका क्षेत्रमा थप खुकुलो पार्दै बुधवार नयाँ दिशा-निर्देश जारी गरेको थियो। यस अनलक 5 मा कोरोना महामारीका कारण गत 25 मार्चपछि लगाइएको लकडाउनमा प्रतिवन्धित अधिकांश गतिविधिहरु खोलिएको छ । अनलक 5 मा आगामी 15 अक्टूबरबाट सिनेमाघर र मल्टीप्लेक्सहरुलाई 50 प्रतिशत क्षमतामा खोल्न छूट दिइएको छ ।

राज्य र केन्द्र शासित प्रदेशका सरकारहरुलाई 15 अक्टूबरदेखि चरणबद्ध रुपमा विद्यालय र कोचिङ संस्थानहरुलाई खोल्ने निर्णय लिन छूट दिइएको छ। अनलक-5 मा केन्द्रको अनुमति बिना अन्तरराष्ट्रीय यात्रामा प्रतिवन्ध कायम राखिएको छ।

व्यवसायदेखि व्यवसाय प्रदर्शनीहरुलाई अनुमति दिइएको छ। त्यसैगरि खेलाड़ीहरुका लागि प्रयोग भएका स्विमिङ पूल खोल्ने अनुमति दिइएको छ। त्यसैगरि मनोरञ्जन पार्क र अन्य यसै प्रकारका स्थानहरुलाई पनि 15 अक्टूबरदेखि खोल्ने अनुमति दिइएको छ।

यस अनलक 5 मा राज्य र केन्द्र शासित प्रदेशका सरकारले कन्टेनमेन्ट जोन बाहिर 15 अक्टूबरपछि 100 व्यक्तिसम्मको उपस्थितिमा सामाजिक, धार्मिक र राजनीतिक सभा गर्न अनुमति दिन सक्ने छूट दिइएको छ। तर मास्कको प्रयोग भएकै हुनुपर्नेछ।

अनलक-5 को दिशानिर्देशमा कन्टेनमेन्ट जोनमा 31 अक्टूबरसम्म लकडाउन कडाईका साथ लागु हुनेछ।

कोरोना महामारीका कारण भारतमा 25 मार्चदेखि देशव्यापी लकडाउन गरिएको थियो । त्यसपछि सरकारले लकडाउनलाई चरणबद्ध रुपले खुकुलो पार्दै 1 जुनदेखि अनलक प्रक्रिया शुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...