नया दिल्ली, 1 अप्रिल 2021
भारतमा आजदेखि 45 बर्षमाथिका नागरीकहरुलाई कोभिड- 19 को खोप दिन सुरु गरिएको छ। जानाकारीका अनुसार उक्त खोप 1 जनवरी, 1977 भन्दा अगाडी जन्मीएका व्यक्तिहरुले मात्र लगाउन पाउने बताईएको छ।
45 बर्ष वा सो भन्दा माथीका सबै व्यक्तिहरुले CoWIN System मा आफ्नो नाम खोपको लागि दर्ता गर्न सक्नेछन् तथा अनलाईन मार्फत पनि आफ्नो नाम दर्ता गराउन सक्नेछन्। मानीसहरु उक्त खोपको अनलाइन दर्ताका लागि नजिकैको केन्द्रमा अपराह्न 3 बजे पछि आफ्नो परीचय खुल्ने कागजातका साथ जान सकनेछन। यदि लाभदाइहरुनले खोपको लागि अनलाइन दर्ता गरेको खण्डमा निजि तथा सरकारी अस्पतालबाट नाम दर्ता गराउनु पर्ने छैन। यदि कुनैपनि अस्पतालहरुले यि निर्देशनहरु पालना नगरेको पाएमा जो कसैले पनि उजुरी जायर गर्न वा टोल फ्री न. 1075 मा कल गर्न सक्नेछन।
विभिन्न विज्ञहरुले 45 बर्ष वा सो भन्दा माथीका सबै व्यक्तिहरुलाई कुनै पनि संकोच नमानी खोप लगाउन अपील गरेका छन। भारतमा, अहिले सम्म कोभिड- 19 को खोप लगाउनेको सङ्ख्या 6 करोड 43 लाख पुगेको छ।









































