केरल, 8 मार्च 2020
भारतमा कोरोना भाईरस (कोविड-19) संक्रमितहरूको संख्या लगातार बढिरहेको छ। केरलमा थप 5 जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ। त्यसैगरी चेन्नईमा पनि एक जनाको सेम्पल टेस्ट पोजिटिभ पाइएको छ। आईतबार मात्रै भारतमा 6 जनामा कोरोना भाईरसको पुष्टी भएको हो। यससँगै भारतमा कोरोना भाईरस संक्रमितहरूको संख्या बढेर 40 पुगेको छ।
केरलका स्वास्थ्यमन्त्री के.के. शैलजाले राज्यमा कोरोना भाईरसको जाँच गर्दा 5 जनामा संक्रमण भेटिएको बताउनुभयो। स्वास्थ्यमन्त्री शैलजाले पथानामथिट्टा जिल्लामा 5 जना संक्रमितहरूलाई आईसोलेशन वार्डमा राखिएको बताउनुभयो। यीमध्ये 3 जना भर्खरै इटलीबाट फर्किएका थिए। यिनिहरूको सम्पर्कमा आउनाले अन्य दुई जनामा पनि कोरोना भाईरस सरेको हो।









































