HomeFeatureभारतमा कोरोना संक्रमितको संख्या 40 हजार नजिक, 13 सय जनाले गुमाए ज्यान

भारतमा कोरोना संक्रमितको संख्या 40 हजार नजिक, 13 सय जनाले गुमाए ज्यान

नयांँ दिल्ली डेस्क, 3 मे 2020

भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिन प्रतिदिन बढिरहेको छ। भारत अहिलेसम्म संक्रमित हुनेहरूको संख्या लगभग 40 हजार पुगेको छ। पछिल्लो 24 घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट 83 जनाको मृत्यु भएको छ, भने 2 हजार 644 नयाँ संक्रमित थपिएका छन्।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या 1 हजार 301 पुगेको छ, भने संक्रमितको कुल संख्या 39 हजार 980  पुगेको छ। संक्रमितमध्ये 10 हजार 633 जना निको भएका छन्। कुल संक्रमितमध्ये 28 हजार 46 जनाको उपचार चलिरहेको छ।

महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन्। प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या 12 हजार 296 पुगेको छ, भने 521 जनाको मृत्यु भएको छ। गुजरातमा 5 हजार 54 जना संक्रमित भएका र 262 जनाको मृत्यु भएको छ। राजधानी नयाँ दिल्लीमा  4 हजार 123 जना संक्रमित भएका मध्ये 64 जनाको ज्यान गएको छ। 1 हजार 256 जनाको उपचारपछि ठिक भएका छन्।

त्यसैगरी मध्य प्रदेशमा 2 हजार 846 जनामा कोरोना पोजेटिभ देखिएकामा 624 जना ठीक भएका छन् भने 151 जनाको ज्यान गएको छ। भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा 499 जनामा कोरोना संक्रमण देखिएको छ। भारतमा आगामी मे 17 तारिखसम्म लकडाउन घोषणा गरिएको छ।

कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...