नयाँ दिल्ली, 18 मार्च 2020
भारतमा कोरोना भाईरस (कोविड-19) संक्रमितहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ। आज बिहानसम्मको तथ्याङ्क अनुसार भारतमा कोविड-19 संक्रमितहरूको संख्या बढेर 148 पुगेको छ। कोरोना भाईरसका कारण भारतमा 3 जनाको ज्यान गईसकेको छ भने 13 जना निको भएर आफ्नो घर फर्किएका छन्। संक्रमित मानिसहरूमा 24 जना विदेशी नागरिकहरू रहेका छन्। कोरोना भाईरसको संक्रमण रोक्न सरकारले काम गरिरहेको छ। अधिकांश प्रदेशहरूमा स्कूल-कलेज, कार्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरिएका छन्।
कोरोना भाईरसका कारण महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ 42 जनामा यसको संक्रमण पुष्टि भएको छ। यसको अतिरिक्त आन्ध्र प्रदेशमा 1, दिल्लीमा 10, हरियाणामा 16, कर्नाटकमा 11, केरलमा 27, पंजाबमा 1, राजस्थानमा 4, तमिलनाडुमा 1, तेलंगानामा 5, जम्मू-कश्मीरमा 3, लद्दाखमा 8, उत्तर प्रदेशमा 16, उत्तराखण्डमा 1, ओडिशामा 1 तथा पश्चिम बंगालमा पनि 1 जना संक्रमित भेटिएका छन्।
यसैबीच चीनमा कोरोनाको प्रकोपको कारण ज्यान गुमाउनेहरूको संख्या बढेर 3 हजार 237 पुगेको छ। त्यसैगरी एसियाली देशहरूमा संक्रमितहरूको संख्या 80 हजार 894 पुगेको छ। चीनमा मंगलबार मात्र 21 नयाँ मामिलाको पुष्टि भएको छ।









































