HomeFeatureभारतमा जासुसी गरेको सरकारमाथि आरोप, नेपाली राजदूतको पनि हुँदै थियो फोन ट्यापिङ...

भारतमा जासुसी गरेको सरकारमाथि आरोप, नेपाली राजदूतको पनि हुँदै थियो फोन ट्यापिङ ?

नयाँ दिल्ली, 20 जुलाई 2021

भारतमा 50 हजार बढि व्यक्ति र संस्थानहरुको मोबाईल फोन ट्यापिङ गरेको रिपोर्ट सार्वजनिक भएसँगै भारतका लागि नेपाली राजदूतको पनि निगरानी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन । इजरायलको एक कम्पनीले निर्माण गरेको पेगासस जासुसी सफ्टवेयर मार्फत विभिन्न मुलुकका ५० हजार बढी फोन प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गरिएको विषयले भारतमा राजनीति तातेको छ । सरकारले गोपनियताको उल्लंघन गरेको भन्दै विपक्षी दलहरुले सरकारको विरोध गरिरहेका बेला भारतीय सञ्चार माध्यमले नेपाली राजदूतसहित चीन र पाकिस्तानका कूटनीतिक कर्मचारीहरुको पनि फोन ट्यापिङ भएको बताएका छन ।

तर भारत सरकारले भने आफुहरुले कुनै पनि व्यक्तिको जासूसी नगरेको स्पष्टिकरण दिएको छ । सोमबार लोकसभामा लिखित जवाफ पेश गर्दै संचार मन्त्री अश्विनी वैश्णवले पेगासस सफ्टवेयरबाट कसैको पनि फोन ट्याप गरिएको भन्ने अहिले सम्म पुष्टि नभएको बताएका छन । मन्त्री वैष्णवले भने सरकारले हरेक नागरिकको गोपनियतालाई प्राथमिकतामा राखेको भन्दै सासंदहरुलाई यस मुद्धामा छानविन गरि निष्कर्षमा पुग्न आग्रह गरेका छन।

भारतमा अहिले पेगासस सफ्टवेयरमार्फत विपक्षी राजनीतिक दल, पत्रकार र आलोचकको निगरानी गरी महत्वपूर्ण सूचनाहरु हात पारेको विषय चर्किएको छ । यस विषयमा चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक विज्ञप्ति नै प्रकाशित गरेको छ ।

यो पेगासस सफ्टवेयरमार्फत कुनै पनि देशका खुफिया र कानून कार्यान्वयन गर्ने निकायले टाढाबाट नै मोवाइलमा रहेका विवरण प्राप्त गर्न सकने बताइएको छ । सो सफ्टवेयरको विकास इजरायलको खुफिया एजेन्सीले सन् २०१० मा गरेको हो । सो पेगासस सफ्टवेयरमा फोनको क्यामरा र माइक्रोफोनलाई समेत सक्रिय बनाउने क्षमता भएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...