HomeFeatureभारतमा प्रगतिशील नेपाली समाज भारत, महाराष्ट्र राज्य समितिले पनि मनायो अन्तर्राष्ट्रिय महिला...

भारतमा प्रगतिशील नेपाली समाज भारत, महाराष्ट्र राज्य समितिले पनि मनायो अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

गोवा, 9 मार्च 2021

भारतमा रहेका विभिन्न नेपाली राजनीतिक दलका जनवर्गीय संगठनहरुले सोमबार विविध कार्यक्रम गरि 111 औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाएका छन । सोही अवसरमा जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन प्रगतिशील नेपाली समाज भारत, महाराष्ट्र राज्य समितिको आयोजनामा पनि १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । धनसरी ददेलको अध्यक्षतामा भएको कार्यक्रम, प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि प्रवासी नेपाली महिलाहरुको उल्लेखनीय भुमिका रहेको भन्दै यदि हिजोका दिनमा प्रवासी महिला गणतन्त्र प्राप्तिको आन्दोलनमा समावेश हुदैनथे भने अहिलेको परिवर्तन असम्भव रहेको बताउनु भयो । उहाँले आगामी दिनमा देश समृद्धि र विकासको लागि राज्यले प्रवासी नेपाली महिलाहरुलाई विशेष स्थान दिनुपर्ने भन्दै महिलाहरुलाई राज्यका हरेक अंगमा 50 प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरि समारोहमा विशेष अतिथि संगठनकी केन्द्रीय महिला संयोजक दुर्गा ददेल, उपाध्यक्ष रामसिङ ददेल, तुलसी बिक, उपमहासचिव तिलक बिक, कोषाध्यक्ष मोहन विश्वकर्मा, हरि ददेल लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा प्रवासी नेपाली महिलाहरुले साँस्कृतिक कार्यक्रम मार्फत दुःख सुख साटासाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...