HomeFeatureभारतमा बस व्यवसायीहरुको निर्ममता, बेंग्लोरमा नेपाल फर्किन बाध्य बनाएर चर्को भाडा असुल

भारतमा बस व्यवसायीहरुको निर्ममता, बेंग्लोरमा नेपाल फर्किन बाध्य बनाएर चर्को भाडा असुल

बेंग्लोर, 31 जुलाई 2020

भारतमा सञ्चालित नेपाली बस व्यवसायीहरुको मनोमानी र व्यवहारबाट प्रवासी नेपालीहरु अनभिज्ञ छैनन् । तर आज हामी तपाईलाई यस्ता बस व्यवसायीका बारेमा बताउन गइरहेका छौं, जसले षडयन्त्रपूर्वक नेपालीहरुलाई नेपाल फर्कन बाध्य बनाएर चर्को मूल्य पनि असुल गरेका छन। भारतका गल्ली-गल्लीमा हुने बस व्यवसायीमाथि कुनै सरकारको नियमन नहुँदा यस्ता बस व्यवसायीहरुको मनोमानी भएको त सबैले देखेका छन । अब यो व्यवसाय पैसा लिएर यात्रा गराउने मात्रै नभएर लूटको धन्दानै बनिसकेको छ। अब भारतबाट नेपालीहरुलाई भगाउन भारतीयहरुले उनिहरुमाथि दुर्व्यवहार गर्ने गरेको झुठो भ्रम फैलाएर बस व्यवसायीहरुले हजारौं नेपालीहरुलाई नचाहँदा नचाँहदै पनि नेपाल पुऱ्याएको खुल्न आएको छ। दक्षिण भारत विशेषगरि कर्नाटक राज्यको बेङ्गलोरमा एकातर्फ समाजसेवा गर्छु भन्ने र अर्कोतर्फ टूर एण्ड ट्राभल्स सञ्चालन गर्दै आएकालेनै फर्जी फेसबुक आईडीबाट भारतीयहरुले नेपालीहरुलाई कुटेर धपाईरहेको भन्ने हल्ला चलाएर नेपालीहरुलाई चर्को मूल्यमा नेपाल पुऱ्याएको खुल्न आएको छ। बस व्यवसायीहरुको षडयन्त्रको खुलासा अखिल भारत नेपाली एकता मञ्चका मिनेश रावल र ऐन बहादुर रावलको टीमले पर्दाफास गरेका हुन ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिले भारतमा रहेका नेपालीहरु संशकित त भएका थिए । त्यसैको फाइदा उठाउँदै बस व्यवसायीहरुले सुनियोजित तरिकाले फेक फेसबुक अकाउण्टमा स्टाटसहरु राखेर नेपालीहरुमाथि दुर्व्यवहार भइरहेको हल्ला फैलाएका थिए । पुरै क्षेत्रमा त्रास फैलिएपछि नेपालीहरुले समाजसेवी पनि भएका तिनै बस व्यवसायीहरुलाई स्थितिको बारेमा जानकारी लिन खोज्दा यता बसे अप्ठ्यारो हुन सक्ने भन्दै जतिसक्दो चाँडो नेपाल गए राम्रो हुने बताउने र आफ्नै बसमा नेपाल पठाउने गरेको एकता मञ्चका मिनेश रावलले नेशनल लाईभलाई बताए ।

रावलले भने ” त्यस दौरान एक बस व्यवसायीले एकै दिनमा 3/4 बसमा कोचाकोच मान्छे भरेर समेत पठाए भने बेङ्लोरदेखि गौरीफण्टासम्म प्रतिव्यक्ति 11 हजारसम्म रुपैँया भाडा असुले । “उनले नेपालीहरुलाई भारतीय पक्षले कुटेको बारे आफुहरुलाई कुनै आधिकारिक जानकारी नपाईएको पनि उनले बताएका छन । बस व्यवसायीहरुले एक बस 1 लाख 40 हजारदेखि 1 लाख 80 हजारसम्म बुक गरेर 4 लाख रुपैया सम्म भाडा उठाउँथे । उनिहरुले त्यस दौरान एकै दिनमा 4/5 गाडी नेपाल पठाएर 15 देखि 20 हजारसम्म रुपैँया उठाएको रावलले बताएका छन । उनले भने फेसबुकबाट नेपालीहरुलाई डराउने पोस्ट गरिएकोबारे आफुहरुले मुद्धा हाल्न खोजेपछि अकाउण्टनै डिलीट गरि पछि त्यसैको स्क्रीन शट शेयर गर्ने गरेको हामीलाई बताए।

घटना बुझ्दै जाँदा नेपालीहरुमा त्रासको वातावरण सृजना गर्न बस व्यवसायीहरुको संलग्नताको पुष्टी भएको र त्यसपछि उनिहरुसँग सहमति गरेर अबदेखि त्यस प्रकारको काम नगर्ने र भाडा पनि कम लिने निर्णय भएको रावलको भनाई थियो। पहिला 11 हजारसम्म भाडा लिने बस व्यवसायीहरुले अहिले 4 देखि 5 हजारसम्म भाडा लिने गरेको पनि रावलले बताएका छन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमिका बारेमा दिएको टिप्पणीपछि भारतमा केही स्थानमा नेपालीमाथि दुर्व्यवहार भएको घटना सुनेर भारतका विभिन्न क्षेत्रबाट नेशनल लाईभलाई फोन गरेर पनि मानिसहरुले स्थितिको जानकारी लिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...