HomeFeatureभारतमा ब्राजिल पठाइदिने भन्दै 37 नेपालीसहित 1 सयभन्दा धेरै व्यक्ति ठगिए, 1...

भारतमा ब्राजिल पठाइदिने भन्दै 37 नेपालीसहित 1 सयभन्दा धेरै व्यक्ति ठगिए, 1 करोड रुपैयाँ असुलेर दलाल फरार

नयाँ दिल्ली, 14 जुन 2021

कोभिड महामारीले कयौं युवाहरुलाई रोजगारविहीन बनाएको मौका छोपेर केही भारतीय दलालहरुले ब्राजिल पठाइदिने नाममा 37 नेपालीसहित कम्तिमा 1 सय भन्दा धेरै व्यक्तिहरुबाट झण्डै 1 करोड रुपैया भारु बराबर पैसा लिएर फरार भएका छन । नेपालको सुदुरपश्चिमसहित, लुम्बिनी  र प्रदेश 2 को विभिन्न स्थानका 37 नेपालीहरुलाई ब्राजिलको एक तेल कम्पनीमा लगाइदिने भन्दै भारत बोलाएर उनिहरुबाट झण्डै 1 लाख 20 हजारका दरले पैसा असुलेर अन्तिम समयमा फोननै स्वीच्ड अफ गरेर फरार भएको कैलाली जिल्लाको टिकापुरका तपेन्द्र शाहले बताएका छन । कम्पनीमा कामको अनुमति पाएको कागज पत्र र ब्राजिल जानका लागि विमानको कनफर्म टिकट समेत पाएपछि आफुहरु नयाँ दिल्ली पुगेर पैसा खातामा पठाइदिएको र सोमबार विहान साढे 3 बजे दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट उडनुपर्ने भएपनि लखनउका दलाल मन्टु सिंह  र उत्तर प्रदेशका पुरन सिंहले पासपोर्ट नदिएर फोननै स्वीच्ड अफ गरेपछि आफुहरु लुटिएको बताएका छन ।

नवलपरासीका रामदयाल तेलीले आफुहरुले कनफर्म टिकट पाएपछि पैसा अककाउन्टमा हालिदिएको र त्यसपछि दुवै दलालहरु फरार भएको बताएका छन ।

त्यसैगरि उत्तर प्रदेशका एक भारतीयले पनि आफुहरु दलालको लालचमा फसेको बताएका छन ।

उनिहरुले बताए अनुसार लखनउका मन्टु सिंह र उत्तराखण्डका पुरन सिंहले उनिहरुलाई एक तेल कम्पनीमा काम लगाइदिने भन्दै लुटेका हुन । दलाल मन्टु शर्माले आफुहरुलाई तेल कम्पनीको जब अफर लेटर, ब्राजिल जानका लागि टिकट दिएको र पासपोर्ट फ्लाइट अघि दिन्छु भने पनि हिजो रातिदेखि फोन स्वीच्ड अफ गरि फरार भएका छन । उनिहरुलाई दलालले हिजो कोभिड टेस्ट समेत गराएका थिए । दलालहरुले कम्तिमा 1 सय जना मध्ये आधालाई दिल्लीबाट र आधालाई मुम्बईबाट ब्राजिल जाने व्यवस्था गरेका थिए । दलालहरुले सबैसँग कम्तिमा 1 करोड रुपैया भन्दा धेरै उठाएका छन । यद्धपी दलालहरु फरार भएपनि पीडितहरुले आफुहरुसँग दलालहरुको परिचय खुल्ने आधारकार्ड र उनिहरुको फोटो रहेको भन्दै कारवाहीको माग गरेका छन । उनिहरुले दिल्लीमा पुलिस कारवाहीका लागि एफआईआर दायर गर्न खोजेपनि दलाल लखनउको वासिन्दा भएकोले लखनउ गएर एफआइआर दायर गर्न भनेको थियो । उनिहरु मध्ये कयौं पीडितहरु लखनउ पुगेर दलालहरुलाई पक्राउ गरि पैसा फिर्ता दिलाउन माग गर्दै पुलिस एफआईआर दायर गरेका छन। उनिहरुले आफुहरु किसान परिवारको गरिब व्यक्ति भएको भन्दै गरिबीका कारण विदेश जान लागेको र दलालहरुले आफुहरुलाई फसाएर प्रति व्यक्ति 1 लाख 20 हजार रुपैयाँ असुलेर फरार भएको पुलिसलाई बताएका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...