HomeFeatureभारतमा मजदूरी गर्नेले भने: 'गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए...

भारतमा मजदूरी गर्नेले भने: ‘गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी बोक्ने रहर थिएन’

15 नवम्बर 2021

भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिएका कालिकोटका ३८ वर्षीय नवीन रावतलाई नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भएको छ। आर्थिकरूपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुगेका  रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउँछन्। उनका अनुसार, ‘गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी बोक्ने रहर थिएन’, ‘युवालाई रोजगारी दिने विषयमा चर्चा बढी भयो तर प्राथमिकतामा परेन।’ उनले मुलुकमा व्यवस्था परिर्वतन भए पनि बेरोजगार युवाको व्यथा बुझ्ने अवस्था नआएको जनाए। नैनीताल क्षेत्र र आसपासमा प्रायः नेपाली नै भारी बोक्ने र सडक लगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै भेटिन्छन्। ‘युवा शक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा छन्’, उनले भने,’नेताहरूले सपना देखेको समृद्धिको बाटोमा जान युवा शक्तिलाई मुलुकभित्रै राख्नसके मात्रै सम्भव होला।’

सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकको रोजगारीको गन्तव्य अझै भारत नै हो। दैनिक सयौं नागरिक रोजगारीका लागि सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत जानेक्रम दैनिकजसो चलिरहेको छ। त्यसैगरी नैनीतालमा होटलमा गार्डका रूपमा कार्यरत सुर्खेतका वीरबहादुर बुढाले रोजगारीका लागि बाध्यताले आफू यहाँ आएको जनाएका छन्। ‘नैनीतालको हावा पानी राम्रो भएकाले यहाँ १० वर्षदेखि कार्यरत छु’, ६१ वर्षीय बुढाले भने, ‘गाउँघरमा त्यसै बस्नुभन्दा यहाँ साहुले नौ हजार तलब दिएको छ।’

उनले पनि मुलुकभित्र परिर्वतन आए पनि विपन्न र युवाका लागि परिर्वतनको कुनै आभास नभएको बताए।

‘नैनीतालमा दिनभरि भारी बोकेर साँझको छाक टार्ने मजदुरलाई केको परिर्वतन ?’, उनले भने, ‘युवाशक्तिलाई मुलुकको हितमा प्रयोग गर्न नसक्दा बाहिरिनुको विकल्प छैन।’ शाहीले भारतबाट कमाएको रकमले छोराछोरीको पढाइ, घरखर्च चलाउनुका साथै घडेरीसम्म खरिद गरेको बताए। ‘अर्काको देशमा हप्कीदप्की सहेर काम गर्नुपर्छ तर हामीकहाँ काम पाउने ठेगान नै हुँदैन’, उनले भने, ‘नैनीतालमा होटल, भारी बोक्ने, सडकमा ज्यालादारी गर्ने प्रायः नेपाली नै छन्।’ त्यसैगरी जुम्लाका कविन्द्र शाहीले आफू भारतमा मजदुरी गर्न आउन थालेको २३ वर्ष भएको जनाए। ‘नेपाली श्रमिकलाई भारतले प्रयोग गरेर विकासको फड्को मारिसक्यो’, शाहीले भने, ‘हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...