HomeFeatureभारतमा लकडाउन खोल्नेबारे प्रधानमन्त्री र राज्यका मुख्यमन्त्रीहरुबिच छलफल

भारतमा लकडाउन खोल्नेबारे प्रधानमन्त्री र राज्यका मुख्यमन्त्रीहरुबिच छलफल

नयाँ दिल्ली, 27 अप्रेल

भारतमा दोस्रो पटक गरिएको लकडाउनको अवधि सकिन पनि केही दिन बाँकी रहेका बेला आज देशका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाईरस महामारीका विषयमा सबै राज्यका मुख्यमन्त्रीहरुसित समीक्षा गर्नुभएको छ । भिडीयो कन्फ्रेन्सिङका माध्यमले गरिएको यस बैठकमा पीएम मोदीले लकडाउन खोल्ने विषयमा छलफल गर्दै यसका लागि एक नीति तयार गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा लकडाउनलाई कसरी खोल्दा ठीक हुन्छ भन्ने विषयमा राज्य सरकारले आफ्नो नीति तयार गर्नुपर्ने भन्नुभएको हो ।

बैठकमा कयौं राज्यले लकडाउनलाई थप गर्ने र चरणवद्ध रुपमा लकडाउन हटाउने प्रस्ताव राखेका छन । राज्यलाई रेड, ग्रीन र ओरेन्ज क्षेत्रमा विभाजन गरि कोरोनाको संक्रमण धेरै भएका राज्यमा लकडाउन कायम राख्ने र कम संक्रमण भएका ठाँउमा छूट दिन सकिने सुझाव बैठकमा दिइएको छ । बैठकमा प्रधानमन्त्री मोदीले अर्थव्यवस्थाको विषयमा चिन्ता नलिन भन्दै अर्थव्यवस्था राम्रो भएको बताउनुभएको छ ।  कोरोना भाईरस संकटका कारण भारतमा 3 मे सम्म लकडाउन गरिएको छ । यसै क्रममा आगामी रणनीतिका लागि प्रधानमन्त्री मोदीले कयौं राज्यका मुख्यमन्त्रीहरुसँग बैठक गर्नुभएको हो ।  लगभग तीन घण्टा सम्म चलेको बैठकमा मोदीले राज्य सरकारहरुले राम्रो काम गरेको र लकडाउनले भारतलाई कम क्षति भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...