HomeFeatureभारतमा सुन उत्खननको तयारी, अमेरिकापछि भारत सुन उत्पादनमा दोस्रो देश

भारतमा सुन उत्खननको तयारी, अमेरिकापछि भारत सुन उत्पादनमा दोस्रो देश

नयाँदिल्ली,२२ फरवरी,२०२०
सन् २००५ मै भारतको इण्डिया जीएसआईले उत्तर प्रदेशको सोनभद्रमा सुन रहेको संकेत पाएको थियो । सन् २०१२ मा त्यहाँ सुन रहेको पुष्टि गरेको थियो ।
अहिले आएर उत्तर प्रदेश सरकारले उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको छ ।
विगत पन्ध्र वर्षमा जीएसआईले त्यस क्षेत्रमा निरन्तर काम गरिरहेको थियो ।

सोनभद्रको सोन पहाडमा झण्डै तीन हजार टन सुन र हरदी ब्लकमा झण्डै ६ सय किलो सुनको भण्डार देखिएको छ ।

तर तिनको उत्खननमा हालसम्म कुनै ठोस काम भएको थिएन हाल आएर ब्लक टेन्डरको लागि प्रशासनले सात सदस्यीय टिमको गठन गरेको छ ।

‘ २२ फेब्रुअरी २०२० सम्म टिमले आफ्नो रिपोर्ट भूतत्व एवं खनिजकर्म निर्देशनलायलाई सुम्पिनेछ । सोनभद्रको अन्य क्षेत्रमा पनि सुन रहेको अनुमान छ । त्यसैले अहिले त्यस क्षेत्रको ठूलो भूभागमा हेलिकप्टरबाट सर्वेक्षण गरिँदैछ ।

सर्वेक्षणका लागि विद्युतचुम्बकीय उपकरण स्पेक्ट्रोमिटर उपकरणको प्रयोग गरिँदैछ । यी उपकरणसडित हेलिकप्टरको जमिनभन्दा केही सय मिटरको उचाइमा उठाइन्छ ।

सोनभद्रमा हाल अनुमान गरिएको सुन निकाल्न सकिएमा भारत सुन उत्पादनको हिसाबमा अमेरिकापछि दोस्रो स्थानमा आउनेछ ।

विश्व सुन परिषद्का अनुसार अमेरिकासँग ८१३३ टन सुन भण्डार छ । अहिले, अमेरिकापछि दोस्रो ठूलो सुन भण्डार जर्मनीसँग छ । जर्मनीसँग ३३६६ टन सुन छ ।

जर्मनीपछि ठूलो सुन भण्डार हुने देश वा सस्था क्रमशः अन्तर्रा्ष्ट्रिय मुद्रा कोष(आईएमएफ)(२४५१ टन), इटाली(२४५१ टन), फ्रान्स (३४६१ टन), छैटौं रुस(२२१९), चीन(१०४० टन) हुन् ।
त्यसैले गरी सानो देश भए पनि स्वीट्जरल्याण्डसँग विश्वको आठौं ठूलो सुन भण्डार छ । स्वीट्जरल्याण्डमा १०४० टन सुन छ ।

भारत हाल सुन भण्डारको हिसाबमा दशौं स्थानमा छ । भारतमा ६१८ टन सुन छ । तर सोनभद्रको सुन उत्पादन सुरु भएपछि भारत दोस्रो स्थानमा उक्लने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...