HomeFeatureभारतमा हिमाली क्षेत्रमा हराएका १७ जनामध्ये ११ पदयात्रीको लाश भेटियो

भारतमा हिमाली क्षेत्रमा हराएका १७ जनामध्ये ११ पदयात्रीको लाश भेटियो

23 अक्तूबर 2021

मौसमको खराबी र हिमपातका कारण हिमाली क्षेत्रमा बेपत्ता भएका १७ जना पदयात्रीमध्ये ११ जना पदयात्रीको शव भेटिएको छ । १७ हजार फिट उचाइमा रहेको भारतको उत्तराखण्ड राज्यको लमखागा पासमा भारतीय वायुसेनाले यी शव फेला पारे । यहाँ पर्यटक,  भरिया र गाइड समेत १७ जना ट्रेकरहरु १८ अक्टोबरका दिन बाटो बिराएर हराएका थिए । यीमध्ये ११ जनाको शव लमखागा पास जाने बाटोमा भेटिएको हो । १४ अक्टोबरमा यी पर्वतारोहीहरुले उत्तराखण्डको हर्षिलबाट ट्रेकिङ सुरु गरेका थिए । उनीहरु हिमाचल प्रदेशको छितकुल जाँदै थिए । तर, १७ देखि १९ अक्टोबरसम्म मौसम खराब भएपछि उनीहरु लमखागा पास नजिकै बाटो बिराएर हराएका थिए । लमखागा पास उत्तराखण्डको हर्षिल जिल्ला र हिमाचल प्रदेशको किन्नौर जिल्लालाई जोड्ने अत्यन्तै दुर्गम पास हो । यो दल मोरी सांकरीको एक ट्रेकिङ एजेन्सीको माध्यमबाट हर्षिलबाट छितकुलको लागि हिँडेको थियो । उत्तराखण्डमा यो दलले उत्तरकाशी जिल्लाको वन विभागबाट १३ देखि २१ अक्टोबरसम्म लमखागा पासमा ट्रेकिङको लागि इनरलाइन अनुमति लिएको थियो । ट्रेकिङ दलसँग सम्पर्क विच्छेद भएको र टोली छितकुल नपुगेपछि ट्रेकिङ एजेन्सीले उद्धारको प्रयास सुरु गरेर उत्तराखण्ड र हिमाचल सरकारसँग सम्पर्क गरेको थियो । किन्नौर जिल्ला प्रशासनले दल बेपत्ता भएको सूचना बुधबार नै पाएको थियो । त्यसपछि जिल्ला प्रशासनले क्युआरटी टिम, पुलिस र वन विभागको टोलीलाई उद्धारको लागि छितकुल कंडेतर्फ पठाएको थियो । किन्नौरका डिसी आबिद हुसेन सादिकका अनुसार बेपत्ता भएका दलका केही सदस्य भेटिएका छन् । अन्यको खोजी भइरहेको छ । जीवितै उद्धार गरिएका २ जनामध्ये एकको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...