काठमाडौं, 11 मार्च 2022
भारतमा हुने यू १८ साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टिमको बिदाई गरिएको छ । एन्फाले शुक्रबार एन्फा कम्पलेक्स सातदोवाटोमा आयोजित कार्यक्रमबीच नेपाल टिमको विदाई गरेको हो । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । २३ खेलाडी र अफिसियल गरेर कुल ३० जनाको टिम शनिबार भारत आउने छन् । प्रतियोगितामा नेपालसँग भारत र बंगलादेशविच प्रतिस्पर्धा हुनेछ । जसमा नेपालले पहिलो खेल भारतसँग खेल्नेछ । सहभागि तीन टिमले एक अर्कासँग दुई दुई खेल खेल्नेछन । जसमा शिर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ । तेस्रो संस्करणमा रुपमा रहेको प्रतियोगितामा नेपालले अहिलेसम्म हात पार्न नसकेको सफलता निकाल्ने लक्ष्य राखेको छ । सन् २०१८ मा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । अघिल्लो बर्ष नेपाली टिम तेस्रो बनेको थियो ।









































