HomeFeatureभारतले अनुमति दिन चासो नदेखाएपछि नेपाल एयरलाइन्सले भैरहवा उडान रोकेयो

भारतले अनुमति दिन चासो नदेखाएपछि नेपाल एयरलाइन्सले भैरहवा उडान रोकेयो

दिल्ली, 25 नवम्बर 2022

आगामी सोमबारबाट दिल्ली-भैरहवा उडानको तयारी गरेको नेपाल एयलाइन्सले यो योजना रोकेको छ। उडान अनुमतिका लागि मागेको प्रस्तावमा भारतको नियामक निकायले हालसम्म कुनै पनि जवाफ नदिएपछि भैरहवामा एयरलाइन्सको उडान नहुने भएको हो। नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-भैरहवा हुँदै काठमाडौं उडानको लागि करिब एक साताअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान स्वीकृतिका लागि प्रस्ताव पठाएको थियो। यो प्रस्तावसँगै प्राधिकरणले भारतको उड्डयन प्राधिकरणलाई स्वीकृतिका लागि अनुरोध गरेको थियो। तर भारतले उडानका लागि स्वीकृति नदिएपछि यो रुटमा उडान अन्योलमा परेको हो।  ‘निगमले करिब एक साता अघि भारतसँग काठमाडौं-दिल्ली-भैरहवा-काठमाडौं उडानका लागि अनुमति मागेको थियो,’ निगमका एक कर्मचारीले भने,‘तर अहिलेसम्म त्यसको जवाफ नआएपछि तत्काल भैरहवामा उडान नहुने भएको छ।’ यसअघि निगमले मंसिर १२ गते (सोमबार)देखि काठमाडौंबाट दिल्लीहुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने योजना बनाएको थियो। ‘निगमको सम्बन्धित विभागले यस विषयमा थप प्रक्रियाअनुसार काम गर्नेछ’ उनले भने, ‘दुवै देशका नियामक निकायले उडान अनुमति दिएपछि भैरहवा-दिल्लीको उडान योजना सार्वजनिक गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...