दिल्ली, 15 जुलाई 2022
भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि स्थानीय प्रशासनले महाकाली नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान 5 बजेदेखि बेलुका 8 बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् । परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने जानकारी यसअघि नै स्थानीय प्रशासनलाई गराएको थियो । भारतले बेला–बेला बाँध सरसफाइको काम गर्दै आएको छ।









































