नयाँदिल्ली, २० मार्च, २०२०
विश्वभर महामारी फैलिँरहेको कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखेर भारत सरकारले आइतबारदेखि विदेशबाट भारत आउने सबै हवाईजहाज रोकेको छ ।
सरकारले तत्काललाई एक हप्ताका लागि त्यस्तो प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ । आउने दिनमा अवस्था हेरेर फेरि निर्णय गरिने जनाइएको छ । कतिपय विदेशी मुलुकबाट आउने भारतीय नागरिकहरूमा कोरोना भाइरस देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो।
यो निर्णयसँगै कम्तिमा मार्च २२ देखि सात दिनसम्म भारतमा भारतीय नागरिक वा विदेशी कोही पनि विदेशबाट हवाईमार्ग हुँदै आउन पाउने छैनन् ।भारतमा बिहीबारसम्म झन्डै दुई सय मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ भने चार जनाको मृत्यु भइसकेको छ। आउने दिनमा भारतमा संक्रमणको गति तीव्र हुने अनुसन्धानकर्ताले बताएका छन्।









































