HomeFeatureभारतले बन्द गर्यो ताजमहल

भारतले बन्द गर्यो ताजमहल

नयाँदिल्ली, १७ मार्च, २०२०
पछिल्लो समयमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा भारतले प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक ताजमहल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको त्रास बढेपछि त्यहाँको सरकारले मायाको प्रतीकका रूपमा लिइने ताजमहल बन्द गराएको हो ।

ताजमलहको अनुगमनका लागि दैनिक आउने हजारौं मानिसबाट कोरोनाको संक्रमण फैलिने खतरा बढेपछि यस्तो निर्णय लिएको भारतका संस्कृतिमन्त्री प्रह्लाद पट्टेलले जनाएका छन् ।

‘मायाको प्रतीक ताजमहल दैनिक हजारौं मानिसले भ्रमण गर्ने गरेका छन् । यहाँ आउने मानिसबाट कोरोनाको संक्रमण थप फैलन सक्ने भएकाले बन्द गर्न अनिवार्य थियो,’ भारतीय संस्कृतिमन्त्री पट्टेललाई कोट गर्दै बीबीसीले लेखेको छ ।

ताजमहल भारतको मात्रै नभएर विश्वकै प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ औसतमा दैनिक ७० हजार मानिसले अवलोकन गर्ने बीबीसी समाचारमा उल्लेख छ ।
ताजमहलसँगै अन्य म्युजियम, सांस्कृतिक सम्पदा पनि भारतले बन्द गरेको छ । संस्कृति मन्त्री प्रह्लाद पट्टेलका अनुसार ३१ मार्चसम्म बढी चहलपहल हुने म्युजिमलगायतका सम्पादहरू बन्द रहने छन् । ३१ मार्चपछि यसबारे समीक्षा गर्ने उनको भनाइ छ ।

विश्वकै लागि टाउको दुखाइ बनेको कोरोनाबाट भारतमा हालसम्म २ जनाको ज्यान गइसकेको छ भने १ सय १४ मानिसमा यसको लक्षण देखापरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...