दिल्ली, 26 नवम्बर 2022
भारतीय अभिनेता अमिताभ बच्चनको नाम, फोटो र आवाज बिना अनुमति प्रयोग गर्न नपाइने भएको छ। दिल्लीको उच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै उक्त आदेश दिएको हो । अमिताभले व्यक्तित्व अधिकारको सुरक्षाका लागि अदालतमा मुद्दा दायर गरेका थिए । भारतीय साना तथा ठूला कम्पनीहरूले अमिताभको फोटो, आवाज र नामबिना अनुमति प्रयोग गर्ने गरेका छन्। अदालतले इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार सेवालाई पनि ति सामग्री हटाउन आदेश दिएको छ ।









































