HomeFeatureभारतीय क्वारेन्टिनबाट निकालिए नेपालीहरू, राजदूत भन्नुहुन्छ, भारतमा नेपालीहरूलाई समस्या छैन्

भारतीय क्वारेन्टिनबाट निकालिए नेपालीहरू, राजदूत भन्नुहुन्छ, भारतमा नेपालीहरूलाई समस्या छैन्

नयाँ दिल्ली डेस्क, 6 मे 2020

भारतको उत्तराखण्ड राज्यको हल्द्वानीमा क्वारेन्टिन बसेका 17 जना नेपाली मजदुरहरूलाई भारतीय अधिकारीहरूले निकालिदिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा नेपालीहरूले त्यसको प्रतिवाद गर्न खोजेको पनि देख्न सकिन्छ। क्वारेन्टिनबाट निकालिँदा सीमा बन्द भएका कारण घर फर्किन पनि नपाउने र भोकै मर्ने अवस्था आउने उनिहरू बताउँछन्। “जहाँ गएपनि मर्ने नै हो भने, हामिलाई यहीँ मर्न दिनुस् वा मारिदिनुस् तर, हामिलाई यहाँबाट जान नभन्नुस्। भिडियोमा एक नेपालीले भनेको स्पष्ट सुन्न सकिन्छ।

जवाफमा भारतीय एक महिलाले 15/20 दिन राखेर खान र बस्न दिएको तर अब नसकिने बताउँछिन्। उनले नेपाल सरकारले आफ्ना नागरिकलाई फिर्ता लग्न नसकेको भन्दै भारतले पनि सित्तैमा  खाना दिन नसक्ने बताइन्। नेपालीहरूलाई खुवाउनका लागि भारत सरकारसँग पैसा नभएको भारतीय महिला बताउँछिन्। उनी अगाडि भन्छिन्, “तिमिहरूलाई यहाँ भारत सरकारले जबरजस्ती ल्याएको  होइन, तिमिहरू पैसा कमाउन आएका हौ। पैसा कमाउन आएकालाई निःशुल्क खान र बस्न दिन सक्दैनौँ। तिमिहरू यहाँबाट जान आवश्यक छ।”

भिडियोमा भारतीय सुरक्षाकर्मी समेत देखिन्छन्। उनले समेत क्वारेन्टिनबाट पठाउने कुरा गर्छन्। “2 बजेपछि हामि यहाँको गेटबाट बाहिर छाडिदिन्छौँ, यसको मतलब यो होइन कि हामि वनबासासम्म छोडिन्दिछौँ”, उनी भन्छन्।

क्वारेन्टिनबाट निकाल्ने भए सीमानाकासम्म पुर्‍याइदिन नेपालीहरूले माग गर्छन्। “यहाँ बस्न पनि नदिने, काम गर्न पनि नदिने हो भने सीमासम्म पुर्‍याइदेऊ”, एक नेपाली भन्छन्। तर, जवाफ ती भारतीय महिलाले सीमासम्म पुर्‍याउन नसक्ने बताउँछिन्। सीमामा भीड गराउन नसक्ने उनि बताउँछिन्। त्यतिमात्र होइन बाहिर जथाभावी घुमे आजीवन जेल हाल्ने उनि चेतावनी पनि दिन्छिन।

सरकारले भारततर्फ रहेका नेपाली मजदुरलाई त्यहाँको सरकारले खान र बस्नको व्यवस्था गर्नेगरी समन्वय गरेको बताएको छ। केही दिन अघिमात्र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतमा नेपालीहरूलाई कुनै प्रकारको समस्या छैन् भनि बयान दिनुभएको थियो।

तर वास्तविकता फरक छ, यहाँ नेपालीहरू साचिक्कै समस्यामा छन्। लकडाउनका कारण रोजगारी गुमाएका हजारौँ नेपालीहरूलाई अहिले गासबासको समस्या देखिएको छ। त्योमाथि हल्द्वानीमा भारतीय अधिकारीहरूद्वारा गरिएको यो व्यवहार निकै कहाली लाग्दो छ। यस  विषयमा नेपाल सरकारको ध्यान जान जरुरी छ। साथै भारतमा अलपत्र नेपालीहरूलाई उचित व्यवस्थानका साथ अविलम्ब नेपाल फिर्ता गर्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...