HomeFeatureभारतीय प्रधानमन्त्री मोदीले पाँच वर्षमा विदेश भ्रमणमा खर्च १५ सय ८८...

भारतीय प्रधानमन्त्री मोदीले पाँच वर्षमा विदेश भ्रमणमा खर्च १५ सय ८८ करोड

नयाँदिल्ली, ५ मार्च, २०२०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो पाँच वर्षमा विदेश भ्रमण गरेर ४ सय ४६ दशमल ५२ करोड रुपैयाँ खर्च गर्नुभएको छ । विदेश मन्त्रालयले लोकसभामा उक्त तथ्यांक पेश गरेको हो ।

लोकसभामा सोधिएको एक प्रश्नमा विदेश राज्यमन्त्री बी मुरलीधरनले चार्टर फ्लाइट समेत गरेर भएको खर्च भन्दै पेश गर्नुभएको थियो । तल्लो सदनमा मन्त्री मुरलीधरनले २०१५ -१६मा १ सय २१ दशमल ८५ करोड रुपैयाँ खर्च भएको थियो भने २०१६- १७ मा ७८ दशमल ५२ करोड खर्च भएको थियो ।

आर्थिक वर्ष २०१७-१८मा ९९ दशमल ९० करोड खर्च मोदीले गरेका थिए। २०१८(१९ मा एक सय दशमलब २ करोड र २०१९-२० मा ४६ दशमल २३ करोड भारतीय रुपैया मोदीले वैदेशिक भ्रमणमा खर्च गर्नुभएको छ ।

उहाँले विमान राख्ने हटलाइन सेवा र अन्य खर्चमा पनि २०१६ मा ४ सय २३ दशमल ८८ करोड रुपैया खर्च भएको थियो। २०१६ मा ३ सय ३७ दशमल ६७, आर्थिक वर्ष २०१७ मा ३ सय ४१ दशमलब ७७ करोड आर्थिक वर्ष २०१८ मा ४ सय २३ दशमल ८८ करोड खर्च भएको थियो। यी शिर्षकमा कुल ११ सय ४१ दशमल ४४ करोड खर्च भएको मन्त्री मुरलीधरनले जानकारी गराए। मोदीको भ्रमणलाई लिएर विपक्षीहरुले ठूलो धनराशी खर्च गरेको भन्दै आलोचना गरेका थिए।
दोस्रो कार्यकालमा मोदीको पहिलो कार्यकालको विदेश भ्रमणसहितको खर्च सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...