दिल्ली, 27 जून 2022
नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार आइतबार बिहान करिब 11 बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा युवतीहरू सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 6 जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरि रहेको डिएसपी रिजालले बताए । डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जाहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी दिएको डिएसपी रिजालले बताए । बलात्कार घटनाका पिडितहरुले भारतीय प्रहरीमा किटानी जाहेरी एफ आइ आर दर्ता गराउन हरैया थाना पुगेका छन । दाङ राजपुर गाउँपालिका–6 खांग्रा नाका निवासी 2 जना किशोरी लाई बलात्कार र 4 जनालाई कुटपिट गरेको किटानी जाहेरी लिएर पिडित तथा आफन्त भारतको प्रहरी थाना हरैया पुगेका हुन ।









































