नयाँदिल्ली, ५ मार्च, २०२०
भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका लागि नवनियुक्त बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाण पत्र बुझाएका छन् ।
तत्कालीन राजदूत मञ्जीव सिंह पुरीको स्थानमा आएका क्वात्राले एक समारोहबीच राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।
क्वात्रा नेपालका लागि २५औँ भारतीय राजदूत हुन्। डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन् । राजदूत क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार काठमाडौं आइपुगेका थिए । त्यस्तै चीनको बेइजिङमा भारतीय मिसनको डेपुटी चिफ भएर पनि उनले काम गरे। क्वात्रा सन् २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त ब्युरो प्रमुख पनि बनेका थिए ।









































