नयाँ दिल्ली, 26 मार्च 2020
भारतीय रेलवेले यात्री ट्रेन सेवा बन्द रहने अवधि आगामी अप्रेल महिनाको 14 तारीखसम्मका लागि बढाएको छ। यसपूर्व रेलवेले सम्पूर्ण यात्री ट्रेन सेवाहरू 22 मार्चको रातिदेखि 31 मार्चसम्म रद्द गर्ने घोषणा गरेको थियो। तर प्रधानमन्त्री नरेन्द्र मोदीले 21 दिने लकडाउनको घोषणा गरेपश्चात् रेलवेले यो निर्णय गरेको हो।
यद्यपि आवश्यक वस्तुहरूको आपूर्तिको लागि मालगाडीहरूको सञ्चालन भने जारी रहनेछ।