HomeFeature भारत जामिया : एक युवकले पेस्तोल तेर्स्याइरहदाँ, पुलिस हात बाँधेर हेरिरहे

 भारत जामिया : एक युवकले पेस्तोल तेर्स्याइरहदाँ, पुलिस हात बाँधेर हेरिरहे

नयाँदिल्ली, १ फेब्रुअरी
भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया विश्वविद्यालयको बाहिर प्रदर्शन गरिरहेका विद्यार्थीमध्येबाट एक युवकले पेस्तोल तेस्र्याएको, गोली चलाएको र यस क्रममा प्रहरीले निर्वाह गरेको भूमिकालाई लिएर अनेक प्रश्न उठ्न थालेको छ ।
प्रहरीका अनुसार दिनदहाडै सडकमा त्यसरी पेस्तोल बोकेर चारैतिर हल्लाउँदै हिँड्ने व्यक्तिको नाम गोपाल हो । ती युवकले आफूलाई ‘रामभक्त गोपाल’ भनेर चिनाएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार दिनदहाडै सडकमा त्यसरी पेस्तोल बोकेर चारैतिर हल्लाउँदै हिँड्ने व्यक्तिको नाम गोपाल हो । ती युवकले आफूलाई ‘रामभक्त गोपाल’ भनेर चिनाएको प्रहरीको भनाइ छ ।

उनले गोली चलाउनुअघि फेसबुकमा लगातार अपडेट गरिरहेका थिए । पत्रकार विनोद कापडीले ४५ सेकेन्डको एक भिडियो सेयर गरेका छन्, जसमा ती युवकले सडकमा हिँड्दै पेस्तोल तेस्र्याएको र गोली चलाएको देखिन्छ । भिडियोमा सोही स्थानमा रहेका प्रहरी भने मुकदर्शक देखिन्छन् ।

सोही क्रममा केही क्यामेरामेनले युवकको हातमा पेस्तोल रहेको भन्दै चिच्याइरहेको देखिन्छ । गोली चलिसकेपछि प्रहरीले ती युवकलाई पक्राउ गर्छ र जिपमा राखेर लैजान्छ । ती युवकले चिच्याउँदै आफू ‘रामभक्त’ रहेको बताएका थिए ।

कैयौँले दिल्ली पुलिसलाई ट्विटरमा ट्याग गर्दै सोधिरहेका छन् कि ती युवकले पेस्तोल देखाउँदै हिँडिरहेको अवस्थामा पुलिस किन हात बाँधेर बसिरहेको ? उसलाई रोक्न वा नियन्त्रणमा लिन किन प्रयास नगरेको भनेर उनीहरुले प्रश्न गरिरहेका छन् ।


उत्तरपूर्वी जिल्लाका उपकमिस्नर चिन्मय बिस्वालले प्रहरीमाथि उठाइएका प्रश्नको औचित्य नरहेको बताए । उनले प्रहरीमाथि आरोप लगाउनु नयाँ कुरा नभएको टिप्पणी गर्दै भने, ‘यो प्रदर्शनका लागि अनुमति दिइएको थिएन, हामीले विद्यार्थीलार्ई याली ननिकाल्न भनेका थियौँ ।’

प्रहरीले गोली चलाउने युवकलाई समयमै रोक्न वा नियन्त्रणमा लिन नसकेको प्रश्नको जवाफमा उनले भने, ‘पुलिस होली फेमिली अस्पताल अगाडि उभिएको थियो, प्रदर्शनकारीहरुको आचरणका कारण प्रहरी उनीहरुतर्फ थिएन । भीडमा निगरानी गर्ने काम आयोजकको पनि हुन्छ, कोही असामाजिक तत्वको घुसपैठ नहोस् भनेर आयोजक आफैँ जिम्मेवार हुनुपर्छ ।’

हमलाकारी युवक हाल प्रहरीको नियन्त्रणमा छन् । उनीसँग सोधपुछ भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...