नयाँदिल्ली, २८ फरवरी, २०२०
भारतको उत्तर पूर्वी दिल्लीमा आईतवार देखि शुरु भएको हिंसामा परेर ३९ जनाको मत्यु भएको छ । साथै २०० भन्दा बढि घाइते भएका छन् ।
घाइतेहरुको दिल्लीका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । हिंसाग्रस्त बनेका दिल्लीका बिभिन्न इलाकामा बिहीवार बेलुकादेखि भने शान्ति छाएको छ ।
हिंसामा परेर घाइते भएकाहरु मध्ये ३४ जनाको उपचारका क्रममा गुरु तेग बहादु्र अस्पतालमा निधन भएको थियो । त्यस्तै उपचारकै क्रममा लोक नारायण जय प्रकाश अस्पतालमा ३ तथा जग प्रवेश चन्द अस्पतालमा १ जनाको मृत्यु भएको थियो ।
त्यस्तै आइबी अफिसर अमित शर्माको भने घटनास्थलमै मृत्यु भएको थियो । अहिलेसम्म सरकारले १८ जनाबिरुद्ध एफआईआर मुद्दा दर्ता गरेको छ भने १०६ जनालाई गिरफ्तार गरेको छ ।
हिंसामा परेर मृत्यु भएका आइबी अफिसर अमित शर्माको पोस्ट मार्टमका क्रममा चक्कुका निशाना फेला परेका छन् । उनको टाउको र पेटमा चक्कु प्रहार गरिएको पोस्टमार्टमबाट पत्ता लागेको हो ।









































